अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको ट्रफी टुर सुरु गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले ट्रफी टुरको शुभारम्भ गनु भएको हो । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रंगशाला पुर्ननिर्माणकै चरणमा रहेका बेला एन्फाले पहिलो पटक औपचारिक कार्यक्रम रंगशालामा गरेको हो । उपत्यकाका विभिन्न सात स्कूलहरुमा गरिने ट्रफी टुर अन्र्तगत सोमबार विश्व निकेतनका विद्यार्थीहरु सहभागि भएका थिए । ‘स्कोर अ गोल’ नाम दिइएको ट्रफी टूरमा नेपालका अन्र्तराष्ट्रिय खेलाडी, प्रशिक्षक र सेलिब्रेटीहरुको समेत उपस्थिती थियो । यो टूर काठमाडौंका पाँच विद्यालय तथा ललितपुर र भक्तपुरको एक–एक स्थानमा गरी सात स्थानमा गरिने छ ।
कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले ग्रासरुटसम्म फुटबल पु¥याउन यो कार्यक्रम गरिएको बताउनु भयो । विद्यालय तहबाटै खेलाडीहरु उत्पादन हुने भएकाले उनीहरुमा फुटबलप्रति खेलभावना जगाउन ट्रफी टुरको परिकल्पना गरिएको पनि अध्यक्ष शेर्पाको भनाई छ । उहाँले बालबालिकाहरु फुटबलमा लाग्दा भविष्यमा राम्रो खेलाडी बन्न सक्ने पनि बताउनु भयो । नेपाली टिमका कप्तान विराज महर्जनले पहिला नेपालीहरुले फिफाले विश्वकप ट्रपी टुर गरेको सम्झदै एन्फाले गरेको यो कामको प्रशंसा गरेका थिए ।
पूर्व कप्तान उपेन्द्रमान सिंहले सानै उमेरदेखि फुटबलमा लाग्न प्रेरणा दिने उद्देश्यले एन्फाले ग्रासरुट कार्यक्रम शुरु गरेको जानकारी दिँदै यसले भविष्यमा राम्रो गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।





























प्रतिक्रिया