प्रधानमन्त्री ओलीले गरे ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

प्रधानमन्त्री ओलीले गरे ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गरेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा उनले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा गरे ।

Skip This
Skip This
Logo