सनले टोटनहम छाड्ने

सनले टोटनहम छाड्ने

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । टोटनहमका दक्षिण कोरियाली कप्तान सन ह्युङ-मिनले प्रिमियर लिग क्लब छोड्ने निर्णय गरेका छन्।

सनले टोटनहमको न्यूक्यासल युनाइटेडसँगको प्रि-सिजन खेलअघि सोलमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्।”यो सजिलो निर्णय थिएन, तर मैले यस गर्मीमा क्लब छोड्ने निर्णय गरेको छु,” आफूलाई सम्हाल्दै सनले भने। “म भोलिको खेललाई रमाइलो बनाउन सक्दो प्रयास गर्नेछु।”

नयाँ प्रिमियर लिग सिजन सुरु हुन केही हप्ता मात्र बाँकी रहँदा, टोटनह्यामसँगको आफ्नो अनुबन्धको अन्तिम वर्षमा प्रवेश गरेका सनको ट्रान्सफरको हल्ला तीव्र बनेको थियो। उनी संयुक्त राज्य अमेरिकाको मेजर लिग सकर क्लब लस एन्जलस एफसीसँग जोडिएका थिए, भने साउदी प्रो लिगका क्लबहरूले पनि उनलाई आफ्नो निशानामा राखेको विश्वास गरिन्छ।

१० वर्ष टोटनहममा बिताएका सनले ४५४ खेलमा १७३ गोल गर्नुका साथै १०१ असिस्ट दिएका छन् । टोटनहमले मे महिनामा युरोपा लिग जितेको थियो, जुन ४१ वर्षमा युरोपेली प्रतियोगितामा उनीहरूको पहिलो सफलता थियो र १७ वर्षको ट्रफी खडेरी तोडेको थियो। सनले पनि आफ्नो करियरको पहिलो ट्रफी उठाउँदा खुसीको आँसु झारेका थिए।

Skip This
Skip This
Logo