काठमाडौँ
साफ च्याम्पियनसीप फुटबल अन्र्तगत आज भएको भारत र माल्दिभ्स विचको खेलमा भारत २ – ० गोल अन्तरले विजयी भएको छ । पहिलो हाफमै २ गोल गरेको भारतले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन ।
आजको जित सँगै भारत समुह वि को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्स उपविजेता बनेको छ भने श्रीलंका बाहिरिएको छ ।
हिजो भएको खेलमा नेपाल बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब बुधबार सेमिफाइनलका खेलहरु हुनेछन् । सेमिफाइनलमा नेपालको भेट माल्दिभ्ससँग हुनेछ । त्यस्तै अर्को खेल भारत र पाकिस्तान वीच हुनेछ ।































प्रतिक्रिया