नेपाली महिला टाेलीलाई फिफा वरीयतामा ऐतिहासिक सफलता

नेपाली महिला टाेलीलाई फिफा वरीयतामा ऐतिहासिक सफलता

केन्द्रबिन्दु
171
Shares

काठमाडौं । नेपाली महिला टाेली फिफा वरीयतामा ऐतिहासिक सफलता हासिल गरेको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एकैपटक १३ स्थानमाथि उक्लँदै ८७औं स्थानमा पुगेको हाे । यो नेपाली महिला टोलीको हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो ।

यसअघि सन् २०१७ डिसेम्बरमा नेपालको उच्च फिफा वरीयता ९१ औं‌ थियो। त्यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो। यो उपलब्धिले नेपाली खेलाडीहरूलाई थप आत्मविश्वास प्रदान गरेको छ र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अझ राम्रो प्रदर्शन गर्ने प्रेरणा दिएको छ।

एसियाली राष्ट्रहरुमध्ये भने नेपाल १६औं स्थानमा छ । फिफा वरियतामा भारत महिला टिम ६१औं स्थानमा रहेको छ भने बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र पाकिस्तानभन्दा नेपाल निकै अगाडि पुगेको छ।

Skip This
Skip This
Logo