दोस्रो संस्करणकाे एनपीएलकाे अक्सन आज

दोस्रो संस्करणकाे एनपीएलकाे अक्सन आज

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आज अक्सन हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज दिउँसो तीन बजेदेखि खेलाडी छनोटका लागि अक्सन सुरु हुनेछ। अक्सनका लागि ४५८ जनाले नाम दर्ता गराएकामा फ्रेन्चाइच टिमले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अक्सनका लागि एक सय ५० जना खेलाडी छनोट भएका छन्। यसबाट ३७ खेलाडीमाथि बोली लाग्ने छ।

खेलाडीलाई श्रेणी ‘ए’, ‘बी’ तथा ‘सी’ मा विभाजन गरिएको छ। टिमहरुले आवश्यकताअनुसार जुनसुकै ग्रेडको खेलाडी पनि खरिद गर्नसक्ने क्यानले जनाएको छ।

Skip This
Skip This
Logo