पाकिस्तान वेस्ट इन्डिजसँग २०२ रनले पराजित, सिरिज गुमायाे

पाकिस्तान वेस्ट इन्डिजसँग २०२ रनले पराजित, सिरिज गुमायाे

केन्द्रबिन्दु
90
Shares

काठमाडाैं । वेस्ट इन्डिजले पाकिस्तानलाई २०२ रनको विशाल अन्तरले पराजित गर्दै तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ।

साई होपको शानदार शतक र जायडन सिल्सको कीर्तिमानी बलिङ प्रदर्शन यस ऐतिहासिक जितका मुख्य आकर्षण थिए।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर २९४ रनको ठोस योगफल खडा गर्‍यो। टोलीको इनिङ्सको नेतृत्व शाय होपले गरे, जसले ९४ बलमा अविजित १२० रन बनाए। जस्टिन ग्रीभ्सले ३३ रन र एभिन लुइसले ३७ रनको साथमा होपले टोलीलाई चुनौतीपूर्ण स्कोरसम्म पुर्‍याएका थिए।

पाकिस्तानका बलर अबरार अहमदले २ विकेट लिए ।

जवाफमा, विशाल लक्ष्य पछ्याएको पाकिस्तानको ब्याटिङ क्रम ध्वस्त भयो। वेस्ट इन्डिजका बलरहरूको उत्कृष्ट प्रदर्शनसामु पाकिस्तान २९.२ ओभरमा मात्र ९२ रनमा अल आउट भयो। सलमान अलीले ३० रन, माेहम्मद नवाजले २३ रन तथा हसन नवाजले १३ रन बनाउनुबाहेक अन्यले दाेहाेराे रन छुन सकेनन् ।

वेस्ट इन्डिजका लागि जायडन सिल्सले घातक बलिङ गर्दै ६ विकेट लिए ।

Skip This
Skip This
Logo