एसीसी एसिया कप छनोट: नेपालद्वारा हङकङ सामु ९६ रनको चुनौती

एसीसी एसिया कप छनोट: नेपालद्वारा हङकङ सामु ९६ रनको चुनौती

केन्द्रबिन्दु
0
Shares

मलेसियामा जारी एसीसी एसिया कप छनोट अन्तर्गत पाँचौ खेलमा अहिले नेपाल हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  सबै विकेट गुमाउँदै ३७.५ खेलेर नेपालले हङकङलाई यो लक्ष्य दिएको हो ।

पहिलो विकेटको रुपमा ओपनर सुबास खकुरेल शून्य रनमा आउट भएका थिए भने दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए भने नेपालका ओपनर अनिल शाह ४२ बल खेल्दै १५ रनमा आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्ल पनि २६ बलमा १२ रङ बनाएर आउट , दिपेन्द्र सिंह ऐरी ६ बलमा २ रन र सागर पुन ९ बलमा ७ रन  बनाएर आउट  भएका छन्। त्यस्तै सोम्पाल कामी १२ बलमा शुन्य रनमै  आउट भएका छन्।

हङकङसँगका पछिल्ला सात खेलमध्ये नेपालले चार खेलमा जित हात पारेको छ । हङकङ दुई खेलमा विजयी भएको छ । एक खेल रद्द भएको छ । फाइनलमा पुग्नका लागि नेपाललाई चामत्कारिक जितको आवश्यक छ । अहिलेसम्म ४ अंक बटुलेको नेपालले आजको दिन चमत्कार भए मात्र फाइनलमा पुग्न सम्भव छ ।

Skip This
Skip This
Logo