एसिया कप क्रिकेट छनोट अन्तर्गत अहिले नेपाल र हङकङसँग खेलिरहेको छ ।
टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालको ५८ रनमै ७ विकेट गएको छ । अहिले हङकङसामु नेपालको प्रदर्शन निरिह देखिएको छ ।अहिलेसम्म ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह एरी, सुवास खकुरेल, अनिल शाह, सागर पुन, सोमपाल कामी बाहिरिसकेका छन् ।
हङकङसँगका पछिल्ला सात खेलमध्ये नेपालले चार खेलमा जित हात पारेको छ । हङकङ दुई खेलमा विजयी भएको छ । एक खेल रद्द भएको छ । फाइनलमा पुग्नका लागि नेपाललाई चामत्कारिक जितको आवश्यक छ । अहिलेसम्म ४ अंक बटुलेको नेपालले आजको दिन चमत्कार भए मात्र फाइनलमा पुग्न सम्भव छ ।































प्रतिक्रिया