काठमाडौँ

नेपालले साफ च्याम्पियनसिप फुटबलको आजको उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिश्पर्धा गर्नेछ । "/>

पहिलो खेल नेपाल र पाकिस्तान विच हुँदै : साफ च्याम्पियनसिप फुटबल आज देखि शुरु

पहिलो खेल नेपाल र पाकिस्तान विच हुँदै : साफ च्याम्पियनसिप फुटबल आज देखि शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालले साफ च्याम्पियनसिप फुटबलको आजको उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिश्पर्धा गर्नेछ । नेपालको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् । नेपालले दोस्रो खेल भदौ २१ गते भुटान र अन्तिम खेल २३ गते बंगलादेशसँग खेल्नेछ ।

साफ च्याम्पियनसिप फुटबलले १२ औं संस्करण टेक्दा उपाधिविहीन बनेको नेपाली टोलीलाई यसपटक प्रतियोगिता अगाडि नै पुरस्कारको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार खेलाडीको बिदाइ गर्दै पुरस्कारको घोषणा गरेको हो ।

‘साफ जित्नु हाम्रो लागि सपना हो । एन्फाको कोषमा पैसा नभए पनि उपाधि जितेमा हामी खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिनेछौं,’ बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने । नेपाली टोली आइतबार नै ढाका प्रस्थान गरेको छ । ढाकामा भदौ १९ देखि ३० गतेसम्म सञ्चालन हुने साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।

समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । च्याम्पियनसिपमा नेपाल अहिलेसम्म सेमिफाइनल माथि पुग्न सकेको छैन । बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली टोलीमा कप्तान विराज महर्जन सहित २० खेलाडी छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo