काठमाडौं

इण्डोनेसियामा जारी १८ औं एशियाली खेलकूदको आज औपचारिक रुपमा समापन गरिने भएको छ । "/>

इण्डोनेसियामा जारी १८ औं एशियाली खेलकूदको आज समापन गरिने

इण्डोनेसियामा जारी १८ औं एशियाली खेलकूदको आज समापन गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

इण्डोनेसियामा जारी १८ औं एशियाली खेलकूदको आज औपचारिक रुपमा समापन गरिने भएको छ । खेल १५ दिन सम्म चलेको थियो । जारी खेलमा नेपालले एक रजत पदक मात्र जित्न सफल भयो । यसै विच रजत पदक जित्न सफल प्याराग्लाइडिङका नेपाली खेलाडीले जनही पाँच / पाँच लाख पाउने भएका छन् ।

राष्ट्रिय खेलकूद परिषद (राखेप) को २०६८ साल चैत २१ गतेको सञ्चालक समिति बैठकले एशियाडमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण जिते २५ लाख, रजत जिते १५ लाख र कास्य जिते १० लाख तथा समूहगत स्पर्धातर्फ स्वर्ण जिते प्रतिखेलाडी १०, रजत जिते पाँच र कास्य जिते दुई लाख दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार नेपाली प्याराग्लाइडिङ टोलीले अब जनही पाँच लाख पाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिए । विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको नेपाली टोलीले प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिएको थियो ।

यस्तै प्रशिक्षकद्वय योगेश भट्टराई र सानुबाबु सुनुवारले जनही तीन लाख पाउने छन् । त्यसैगरी पदक दिलाए बापत प्रशिक्षक र खेल सङ्घलाई समेत पुरस्कार दिने निर्णय भएको थियो । सोही निर्णय अनुसार प्याराग्लाइडिङ सङ्घले पनि ६ लाख पाउने भएको छ । इण्डोनेसियामा रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको नेपाली प्याराग्लाइडिङ टोली भदौ १८ गते नेपाल आइपुग्ने महासचिव रावतले जानकारी दिए ।
रासस

Logo