काठमाडौं

मलेसियामा जारी एशिया कप छनोटमा मलेसिया विरुद्ध पहिलो जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरविरुद्ध खेलिरहेको छ । "/>

सिंगापुरविरुद्ध नेपालको सुखद सुरुवात : सिंगापुरको ३ विकेट गयो

सिंगापुरविरुद्ध नेपालको सुखद सुरुवात : सिंगापुरको ३ विकेट गयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मलेसियामा जारी एशिया कप छनोटमा मलेसिया विरुद्ध पहिलो जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरविरुद्ध खेलिरहेको छ । एसिया कप खेल्ने आशा जिवित राखेको नेपाल चौथो खेलमा सिंगापुरविरुद्ध खेलिरहेको हो ।

नेपाली समय अनुसार बिहान सवा सात बजे खेल सुरु भएको हो । जारी खेलमा नेपालले सिंगापुरविरुद्ध लगातार तेस्रो सफलता हात पारेको छ । टस हारेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर अर्जुन मुटरजालाई पभेलियन फर्काएको छ । नेपाललाई पहिलो सफलता दिलाएका सोमपालले दोस्रो विकेट पनि लिएका छन् । त्यस्तै ललित राजबंशीले अरीत्रा दत्तलाई आउट गरेका छन् । १० ओभरको खेल सकिंदा सिंगापुरले ३ विकेटको क्षतिमा ४५ रन मात्र जोडेको छ ।

पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित नेपाल शनिबार तेस्रो खेलमा कमजोर प्रतिद्वन्द्वी मलेसियाविरुद्ध १९ रनले बिजयी भएको थियो ।

Logo