वात्सल्य एभरेष्ट महिला भलिबल लिग, दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम

वात्सल्य एभरेष्ट महिला भलिबल लिग, दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण भदौ २० गतेदेखि २८ गतेसम्म हिमालय टिभी प्रिमियम एचडीमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ।

सो विषयमा प्रसारण अधिकार सम्बन्धी सम्झौता हिमालय टिभी प्रिमियम र लिगका आधिकारिक सञ्चालक कम्पनी इन्फिनिटी ड्रिम्स प्रालि बीच सुश्री मिडिया प्रालिमार्फत सम्पन्न गरिएको हो।

उक्त संस्करणमा १८ अन्तर्राष्ट्रिय खेलाडीसहित नेपालका उत्कृष्ट महिला भलिबल खेलाडीहरू ६ फरक टोलीमा प्रतिस्पर्धा गर्नेछन्। साथै, विभिन्न लोकप्रिय कलाकारहरूले समेत टोलीहरूमा सहभागिता जनाउनेछन्।

सुश्री मिडिया प्रालिका प्रबन्ध निर्देशक सुमन अधिकारी भन्छन्, ‘यो सफल साझेदारीको लागि हामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग र हिमालय टिभी प्रिमियम दुबईलाई धन्यवाद तथा बधाई दिन चाहन्छौं । महिला खेलकुदको बढ्दो उत्साह र लोकप्रियतालाई सबैको सहयोग आवश्यक पर्ने भएकाले, हामीले यस साझेदारीको सफलतालाई गर्वको रूपमा महसुस गरेका छौं ।’

हिमालय टिभी प्रिमियमका जनरल म्यानेजर गोविन्द ढकालले एसियामै पहिलो पटक आयोजना हुन लागेको यस महिला फ्रेञ्चाइज लिगको प्रत्यक्ष प्रसारण गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले महिला खेलकुदको लोकप्रियता बढाउने विश्वास व्यक्त गरे।

लिगको खेल उत्पादन अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिने र दर्शकले उच्च गुणस्तरीय प्रसारणको अनुभव पाउने आयोजकले जनाएका छन्। नेपालको राष्ट्रिय खेल भलिबलमा पहिलो महिला फ्रेञ्चाइज लिगको रूपमा यो प्रतियोगिता महत्त्वपूर्ण मानिएको छ।

Skip This
Skip This
Logo