काठमाडौं । इंग्लिस प्रिमियर लिगको सुरुवातसँगै साविककाे विजेता लिभरपुलले बर्नमाउथलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै नयाँ सिजनमा लिभरपुलले महत्वपूर्ण तीन अंक हासिल गरेको छ।
लिभरपुलका लागि हुगो एकिटिकेले खेलको ३७ औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि, कोडी गाक्पोले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।
बर्नमाउथका तर्फबाट एन्टोनियो सेमेन्योले उत्कृष्ट प्रदर्शन गर्दै ६४ औं र ७६ औं मिनेटमा दुई गोल फर्काए, जसले गर्दा खेल २-२ को बराबरीमा पुग्यो।
तर, खेलको अन्तिम समयतिर लिभरपुलले पुन: लय समात्यो। फेडेरिको चिएसाले ८८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३-२ को अग्रता दिलाए। इन्जुरी समयमा मोहमद सलाहले एक गोल थपेपछि लिभरपुलले ४-२ को सानदार जित दर्ता गर्यो।
यस जितले लिभरपुलको लिग यात्रामा थप उत्साह थपेको छ ।





























प्रतिक्रिया