सिजनकाे पहिलाे खेलमै एट्लेटिको म्याड्रिड पराजित

सिजनकाे पहिलाे खेलमै एट्लेटिको म्याड्रिड पराजित

केन्द्रबिन्दु
48
Shares

काठमाडाैं । स्पेनिस ला लिगाअन्तर्गत पहिलाे खेलमा एट्लेटिको म्याड्रिड पराजित भएकाे छ । एट्लेटिको २-१ गोल अन्तरले इस्पानियोलसँग स्तब्ध भएकाे हाे ।

घरेलु मैदानमा भएको खेलमा इस्पानियोलका लागि मिगुएल रुबिओले ७३ औं मिनेटमा र पेरे मिल्लाले ८४ औं मिनेटमा गोल गरेका थिए। एट्लेटिको म्याड्रिडका लागि भने जुलियन अल्भारेजले ३७ औं मिनेटमा एक गोल फर्काएका थिए।

पहिलो हाफमा एट्लेटिको म्याड्रिडले अग्रता लिए पनि दोस्रो हाफमा इस्पानियोलले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल फर्काउन सफल भयो। यो जितसँगै इस्पानियोलले लिगमा सानदार सुरुवात गरेकाे छ ।

यता हारले एट्लेटिको म्याड्रिडलाई भने ठूलो धक्का पुगेको छ ।

Logo