‘अल्फाबिटा इन्टर कलेज फुटसल टुर्नामेन्ट’ आजदेखि सुरु

‘अल्फाबिटा इन्टर कलेज फुटसल टुर्नामेन्ट’ आजदेखि सुरु

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता अल्फाबिटाको आयोजनामा ‘अल्फाबिटा इन्टर कलेज फुटसल टुर्नामेन्ट’ आजदेखि सुरु भएकाे छ ।

अमेरिकाको वेबस्टर युनिभर्सिटी र अविला युनिभर्सिटी (क्यान्सस सिटी)को सहकार्यमा पहिलोपटक यो टुर्नामेन्ट आयोजना गरिएको हाे । धुम्बाराहीस्थित सूर्य फुटसलमा सुरु भएकाे प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ भन्दा बढी कलेजहरुको सहभागिता रहेको छ ।

बुधबारसम्म हुने यस प्रतियोगितामा सहभागी टोलीमध्ये विजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीलाई नगदसहित सम्मान गरिनेछ । यो टुर्नामेन्टको उद्देश्य शिक्षा मात्र होइन, खेलकुदमा पनि विद्यार्थीहरुको सक्रिय सहभागिता गराएर प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नु रहेको बताइएकाे छ ।

अहिले १६ कलेज सहभागी भएपनि आयोजक टोलीको लक्ष्य आगामी वर्षमा यो संख्या बढाउँदै ३२, त्यसपछि ६४ टोली सम्म पु-याउने र यसलाई देशव्यापी प्रतियोगिता बनाउने रहेको छ ।

Skip This
Skip This
Logo