काठमाडौं

एसीसी एसिया कप छनोट प्रतियोगितामा नेपालले ओमानविरुद्ध खेलीरहेको छ । जारी खेलमा नेपालले ४ विकेट गुमाएको छ । "/>

नेपालको ४ विकेट गयो : दिपेन्द्र , पारस, ज्ञानेन्द्र र सुवास खकुरेल आउट

नेपालको ४ विकेट गयो : दिपेन्द्र , पारस, ज्ञानेन्द्र र सुवास खकुरेल आउट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

एसीसी एसिया कप छनोट प्रतियोगितामा नेपालले ओमानविरुद्ध खेलीरहेको छ । जारी खेलमा नेपालले ४ विकेट गुमाएको छ ।

नवौं ओभरको पहिलो बलमै ४ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका सुवास खकुरेल रनआउट भए । लगत्तै १५ औं ओभरको खेल चल्दै गर्दा कप्तान पारस खड्का पनि आउट भए । त्यसैगरि १७ औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएका छन् । १७ औं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ व्यक्तिगत स्कोरमा क्याच आउट भएका हुन् । यसअघि कप्तान पारस खड्का ८ रनको व्यक्तिगत स्कोरमा १६ औं ओभरमा आउट भएका थिए । २३ औं ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरी ९ रनको व्यक्तिगत स्कोरमा क्याच आउट भएका छन् ।

सागर पुन अविजित १३ रनमा छन् । यसअघि कप्तान पारस खड्का ८, सुवास खकुरेल ४ र उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ व्यक्तिगत रनमा आउट भइसकेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले सकारात्मक सुरुवात गरे पनि खेलको २६.३ ओभरमा ४ विकेटको क्षतिमा ८८ रन मात्र जोडेको छ । एकपछि अर्को विकेट गुमाउँदा नेपाल दबाबमा परेको छ । खेल जारी छ ।

Logo