काठमाडौं । इण्डोनेशियामा जारी १८ औं एशियाली खेलकूद अन्तर्गत पुरुष भलिबल खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै एशियाड भलिबलमा पहिलो जित दर्ता गराएको हो । "/>

एशियाड भलिबलमा नेपालको पहिलो जीत

एशियाड भलिबलमा नेपालको पहिलो जीत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इण्डोनेशियामा जारी १८ औं एशियाली खेलकूद अन्तर्गत पुरुष भलिबल खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै एशियाड भलिबलमा पहिलो जित दर्ता गराएको हो ।

यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो । त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो ।

नेपालले दोस्रो सेट २५–१६ ले जित्यो भने तेस्रो सेट ३०–२८ तथा चौथो सेटमा २५–१९ ले आफनो पक्षमा पार्दै प्रतियोगितामा सहज जित हात पार्‍यो ।

नेपालले १३ औँ देखि १८ औँ वरियताको लागि खेलेको हो । यो वरियताका लागि नेपालसँगै मङ्गोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन् । नेपालले अब श्रीलङ्का र भियतनाममध्ये कुनै एक टोलीसँग खेल्नेछ ।

 

Logo