दक्षिण अफ्रिकाले एक खेल अगावै जित्यो अष्ट्रेलियाविरुद्धको सिरिज

दक्षिण अफ्रिकाले एक खेल अगावै जित्यो अष्ट्रेलियाविरुद्धको सिरिज

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । दक्षिण अफ्रिकाले एक खेल अगावै अष्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजमा कब्जा जमाएको छ ।

अफ्रिकाले आज भएको दोस्रो खेलमा पनि अष्ट्रेलियालाई ८४ रनले पराजित गर्दै सिरिजमा २-० को अग्रता लिएको हो । यससँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिज आफ्नो नाममा पक्का गरेको छ। दक्षिण अफ्रिकाले ४९.१ ओभरमा २७७ रन बनाउँदा अष्ट्रेलिया ३७.४ ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटिएको थियो।

अष्ट्रेलियाका लागि जोश इङ्लिसले ७४ बलमा ८७ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्।

लुंगी नगिडीको घातक बलिङले अष्ट्रेलियालाई दबाबमा राख्यो। ले ८.४ ओभरमा ४२ रन खर्चिएर ५ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाले ४९.१ ओभरमा २७७ रन बनाएको थियो । दक्षिण अफ्रिका म्याथ्यु ब्रिट्ज्केले ७६ बलमा ८७ रन र ट्रिस्टन स्टब्सले ८७ बलमा ७४ रन बनाउँदै बलियो सुरुवात गरे। टोनी डे जोर्जीले ३८ रन जोडे।

Skip This
Skip This
Logo