काठमाडौँ

एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा समेत जित हात पारेको छ । "/>

दोस्रो अभ्यास खेलमा पनि नेपाल श्रीलंकासँग १ सय ७६ रनले विजयी

दोस्रो अभ्यास खेलमा पनि नेपाल श्रीलंकासँग १ सय ७६ रनले विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा समेत जित हात पारेको छ । नेपाली टोलीले दोश्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस नियमका आधारमा १ सय ७६ रनले पराजित गरेको हो।

नेपाली टोलीले दिएको ३ सय २४ रनको विजयी लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको अवस्थामा खराव मौसमका कारण खेल अघि बढ्न नसकेपछि खेलको निर्णय डकवर्थ लुइसका आधारमा गरिएको थियो, जसमा नेपाल १ सय ७६ रनको जित निकाल्न सफल भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरी र सागर पुनको उत्कृष्ट ब्याटिङमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोडेको थियो । नेपालका तर्फवाट उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्ने क्रममा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक १ सय २१ रन जोडे । उनले ९६ बलको सामना गर्दै ९ चौका र ५ छक्काको मद्दतमा १ सय २१ रन जोडेका हुन् ।

यस्तै सागर पुनले ८३ बलको सामना गर्दै ९२ रन जोडे । उनले ८ चौका र ३ छक्का प्रहार गरे । ८४ रनमा ४ विकेट गुमाइसकेको अवस्थामा नेपालका मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल विशाल योगफल तर्फ उन्मुख भएको थियो । दिपेन्द्र र सागरले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए । यस्तै अनिल शाह १७ , पारस खड्का २३, सुवास खकुरेल ९ तथा रोहितले ११ रन जोड्दा करन केसीले १२ बलमा २६ रन जोडेका थिए ।

यस अघि आर्मी क्लब विरुद्ध भएको पहिलो अभ्यास खेलमा नेपाल ६७ रनले विजयी भएको थियो । ३ अभ्यास खेल खेल्न श्रीलंका पुगेको नेपाली टोलीले अन्तिम अभ्यास खेल आइतवार खेल्नेछ ।
नागरिकबाट

Logo