एसिया कप छनोट खेलका लागि १५ सदस्यिय नेपाली टिम घोषणा गरिएको छ । टिममा ब्याट्सम्यान बिनोद भण्डारी र अलराउण्डर सागर पुनको पुनरागमन भएको छ ।
खेल अगस्ट २७ देखि सेप्टेम्बर ६ सम्म संचालन हुनेछ । टिममा कप्तान पारस खड्का, उप—कप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।
वैकल्पिक खेलाडीमा किशोर महतो, प्रदीप ऐरी, सुनिल धमला र सुशान भारी छन् ।































प्रतिक्रिया