विश्वकप छनोटमा स्लोभाकियाले जर्मनीलाई हरायाे

विश्वकप छनोटमा स्लोभाकियाले जर्मनीलाई हरायाे

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को युरोपेली छनोट अन्तर्गत समूह ‘ए’ को आफ्नो पहिलो खेलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै स्लोभाकियाले ऐतिहासिक जित दर्ता गरेको छ ।

ब्रातिस्लाभामा भएको खेलमा स्लोभाकियाले शुरूवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। पहिलो हाफको ४२औं मिनेटमा डेभिड हान्कोले गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाए।

दोस्रो हाफमा जर्मनीले खेलमा फर्कने प्रयास गर्‍यो तर सफल हुन सकेन। बरु, स्लोभाकियाका डेभिड स्ट्रेलेकले ५५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई स्तब्ध पारे। यो हार सन् २००१ पछि विश्वकप छनोटमा जर्मनीको पहिलो हार हो।

Skip This
Skip This
Logo