लेभान्टेमाथि रियल म्याड्रिडको शानदार जित, एमबाप्पे र भिनिसियसको उत्कृष्ट प्रदर्शन

लेभान्टेमाथि रियल म्याड्रिडको शानदार जित, एमबाप्पे र भिनिसियसको उत्कृष्ट प्रदर्शन

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले लेभान्टेलाई उसकै मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको छ।

रियलको जितमा युवा स्टार किलियन एमबाप्पेले दुई तथा भिनिसियस जुनियर र फ्रान्को मास्टुआनोले एक/एक गोल गरे।

खेलको २८औं मिनेटमा भिनिसियसले उत्कृष्ट गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ३८औं मिनेटमा भिनिसियसको पासमा युवा खेलाडी फ्रान्को मास्टुआनोले रियलका लागि आफ्नो पहिलो गोल गरे। पहिलो हाफमा २(० को अग्रता लिएको रियलले दोस्रो हाफमा पनि दबाब कायम राख्यो।

दोस्रो हाफको सुरुवातमै लेभान्टेले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको थियो। ५४औं मिनेटमा एटा इयोङले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएका थिए। तर, लेभान्टेको यो खुशी धेरै बेर टिक्न सकेन।

रियलका लागि एमबाप्पेले लगातार दुई गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए। उनले ६४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने त्यसको दुई मिनेटपछि नै ६६औं मिनेटमा अर्दा गुलेरको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको ४-१ को जित सुनिश्चित गरे।

यो जितसँगै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ। रियलले ६ खेलबाट १८ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा ५ अंकले अगाडि छ । लेभान्टे भने १६औं स्थानमा रहेको छ।

अब रियलले शनिबार एट्लेटिको म्याड्रिडसँग डर्बी खेल खेल्नेछ।

Logo