श्रीलंकामाथि पाकिस्तानको सहज जित, फाइनलको सम्भावना बलियो

श्रीलंकामाथि पाकिस्तानको सहज जित, फाइनलको सम्भावना बलियो

केन्द्रबिन्दु
54
Shares

काठमाडाैं । एसिया कपको सुपर फोरअन्तर्गत गएराति भएको महत्वपूर्ण खेलमा पाकिस्तानले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ । यो जितसँगै पाकिस्तानले सुपर फोरमा आफ्नो स्थान बलियो बनाएको छ।

शेख जायद स्टेडियममा भएको यस खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो। श्रीलंकाका लागि कमिन्डु मेन्डिसले ५० रनको अर्धशतकीय पारी खेले। यस्तै, चरिथ असलंकाले २० र चामिका करुणारत्नेले १७ रन बनाए।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले ३, हुसैन तालतले २ र हारिस रउफले २ विकेट लिए।

१३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमै ५ विकेट गुमाएर जित हासिल गर्‍यो। पाकिस्तानका लागि मोहम्मद नवाजले सर्वाधिक ३८ रन बनाए भने हुसैन तालतले ३२ रनको महत्वपूर्ण योगदान दिए। साहिबजादा फरहानले २४ रन जोडे।

श्रीलंकाका लागि महेस थीक्षना र वनिन्दु हसरंगाले समान २-२ विकेट लिए।

Skip This
Skip This
Logo