नेपाली पौडी टोली एसियाली एक्वेटिक्स च्याम्पियनसिपका लागि भारत जाँदै

नेपाली पौडी टोली एसियाली एक्वेटिक्स च्याम्पियनसिपका लागि भारत जाँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औँ संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली भारतको अहमदाबाद जाने भएको छ ।

यही असोज १२ गतेदेखि २५ गतेसम्म हुने उक्त प्रतियोगितामा ११ पुरुष र पाँच महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाहीले प्रतिस्पर्धा गर्नेछन् । महिलामा आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठले खेल्नेछन् ।

प्रशिक्षकमा शङ्कर कार्की, अफिसियलमा दीपकसागर सिंह महर्जन, नविना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायकमा विष्णु खड्का क्षेत्री र अनिश महर्जन रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रममा सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोली यही असोज १० गते भारततर्फ प्रस्थान गर्नेछन् ।

Logo