काठमाडौं

कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेस गरेको छ । "/>

विश्वकप विशेष : गएरातीका खेलहरुमा इंग्ल्याण्ड र स्वीडेन विजयी

विश्वकप विशेष : गएरातीका खेलहरुमा इंग्ल्याण्ड र स्वीडेन विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेस गरेको छ । मंगलबार राती सम्पन्न खेलमा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४,३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्विडेनसँगको भेट पक्का गरेको हो ।

खेलको निर्धारित समय एक एकको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलीका तर्फबाट गोल हु्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी सुट आउटबाट लिइएको थियो, जसमा इंग्ल्याण्ड भाग्यमानी सावित भयो र क्वार्टरफाइनल यात्रा तय गर्यो ।

त्यसअघि खेलको ५७ औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै इंग्ल्याण्डलाई जित नजिक पुर्याए पनि इन्जुरी समयको तेश्रो मिनेटमा गोल गर्दै कोलम्बियाका येरी मिनाले आफ्नो टोलीलाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै टोलीका तर्फबाट गोल हुन सकेन र खेल पेनाल्टी सुट आउटमा धकेलियो ।

यता हिजै भएको पहिलो खेलमा इमिल फोर्सवर्गको निर्णायक गोलसँगै स्विडेन रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेन्ट पिटर्सवर्ग रङ्गशालामा सम्पन्न स्विट्जरल्याण्ड विरुद्धको खेलमा फोर्सवर्गले खेलको ६६ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई सन् १९९४ पछि पहिलो पल्ट क्वार्टरफाइनल स्थान दिलाए । फोर्सवर्गले ओला टोइभोनेनको पासमा डि बक्स वाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

Skip This
Skip This
Logo