काठमाडौं
विश्वकपको अन्तिम १६ का खेलहरु अन्र्तगत आज अन्तिम दिन हो । आज पनि २ खेलहरु हुनेछन् । नेपाली समय अनुसार साँझ ७ः४५ बजे स्वीडेन र स्वीजरल्याण्डको खेल हुनेछ भने राती ११ः४५ बजे कोलम्बिया र इङ्ल्याण्ड वीच खेल हुनेछ ।
असार १९ गते मंगलबार
साँझ ७ः४५ बजे (सेन्ट पिटर्सबर्ग रंगशाला)
समूह ‘एफ’ विजेता (स्वीडेन) सँग समूह ‘ई’ उपविजेता (स्वीजरल्याण्ड)
राती ११ः४५ बजे (स्पार्टक रंगशाला मस्को)
समूह ‘एच’ विजेता (कोलम्बिया) सँग समूह ‘जी’ उपविजेता (इङ्ल्याण्ड)
यता हिजो भएको खेलमा बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा गरेको तेस्रो गोलले बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेको हो । बेल्जियमले सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग भिड्नेछ । हिजो नै भएको पहिलो खेलमा ब्राजिल मेक्सिकोसँग २,० गोलअन्तरले विजयी भएको छ । ब्राजिलको जितमा नेयमार नै हिरो भएका थिए ।































प्रतिक्रिया