बार्सिलोनाको नाटकीय जित

बार्सिलोनाको नाटकीय जित

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई २-१ गोल अन्तरले पराजित गरेको छ । यो जितकाे निर्णायक गोल इन्जुरी टाइमको अन्तिम क्षणमा सम्भव भएको थियो।

खेलको १३ औं मिनेटमै मिडफिल्डर पेड्रीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, यो अग्रता धेरै बेर टिक्न सकेन। त्यसको लगत्तै, २० औं मिनेटमा जिरोनाका लागि एक्सल विटसेलले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

पहिलो हाफ १-१ को बराबरीमा सकिएपछि दोस्रो हाफभरि दुवै टोलीले निकै प्रयास गरे, तर गोल गर्न सकेनन्। खेल बराबरीमै सकिने अवस्थामा पुगेको बेला, बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराजो नायक बने। खेलको निर्धारित ९० मिनेट सकिएपछि थपिएको इन्जुरी टाइममा उनले निर्णायक गोल गरे र बार्सिलोनालाई २-१ को रोमाञ्चक जित दिलाए।

Skip This
Skip This
Logo