आर्सनलकाे संघर्षपूर्ण जित

आर्सनलकाे संघर्षपूर्ण जित

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । ईङ्लिस प्रिमियर लिगमा आर्सनलले फुलह्याममाथि १-० को संघर्षपूर्ण जित निकालेको छ। आर्सनलको जितमा बेल्जियन फरवार्ड लिगान्ड्रो ट्रोसार्डले निर्णायक गोल गरे ।

फुलह्यामको घरेलु मैदानमा भएको यो खेलमा दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दुवै टोलीलाई गोलको आवश्यकता थियो।

दोस्रो हाफमा खेलको ५८ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाए। खेलमा थप गोल हुन नसक्दा आर्सेनलले १-० को जितका साथ महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ।

Skip This
Skip This
Logo