९ खेलाडीमा समेटिएकाे गेटाफेमाथि रियल म्याड्रिडको कठिन जित

९ खेलाडीमा समेटिएकाे गेटाफेमाथि रियल म्याड्रिडको कठिन जित

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । स्पेनिस ला लिगामा किलियन एम्बाप्पेको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको छ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले जितका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो। फ्रान्सेली स्टार एम्बाप्पेले खेलको ८०औं मिनेटमा गरेको एकमात्र गोल नै रियलको जितको लागि पर्याप्त बन्यो।

खेलमा गेटाफे ९ खेलाडीमा समेटिएकाे थियाे । ७७औं मिनेटमा एलन न्योम र ८४औं मिनेटमा एलेक्स सान्क्रिसले राताे कार्ड खाएका थिए ।

Skip This
Skip This
Logo