६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि छनोट

६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि छनोट

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न भएको छ।

प्रतियोगिताको यो सिजन तीव्र प्रतिस्पर्धा, रणनीति र अविस्मरणीय क्षणहरूले भरिपूर्ण रहेको थियो। ६ दिनसम्म चलेको यस रोमाञ्चक सिजनपछि जम्मा ६ टोलीले प्रतिष्ठित २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि आफ्नो स्थान सुरक्षित गरेका छन्।

भर्चस.प्रो, अल्फा गेमिङ र म्याड बुल्सले आफ्नो उत्कृष्ट रैंकिङ आधारमा पीएमजिसी गन्टलेट स्टेजमा स्थान पाएका छन् भने आर्क्रेड, इनर सर्कल र गोटले आफ्नो पीएमजिसी रेटिङ पोइन्ट्सका आधारमा पीएमजिसी ग्रुप स्टेजमा स्थान सुरक्षित गरेका छन्।

नेपालबाट होरा इ–स्पोर्ट्स, फोर योनको रोयल जुत्ती र नेपेक्स इ–स्पोर्ट्सले पीएमएसएल ग्रुप स्टेजमा नेपालको राम्रो प्रतिनिधित्व गरेका थिए। असाधारण टिमवर्क र कौशल प्रदर्शन गर्दै होरा इ–स्पोर्ट्स र फोर योनको रोयल जुत्ती दुबै टोलीले अन्तिम चरणसम्मको यात्रा तय गरे, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली इ–स्पोर्ट्स समुदायको बढ्दो क्षमता र प्रभावलाई प्रदर्शन गरेको थियो। नेपाली टोलीहरू मध्ये होरा इ–स्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै ११ हजार ७५० अमेरिकी डलर, फोर योनको रोयल जुत्तीले ४ हजार ७५० अमेरिकी डलर र नेपेक्स इ–स्पोर्ट्सले १ हजार ७५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे।

Logo