निर्मल पौडेल पर्वत। पर्वतको कुस्मामा तिहारमा खेलीएको देउसीभैलो बाट सङ्कलित रकमले ‘बास्केटबल कोर्ट’ निर्माण सुरु गरिएको छ। पर्वत जिल्ला बास्केटबल सङ्घले कुश्मा नगरपालिका–५ स्थित बडागाउँमा उक्त कोर्ट बनाउन लागेको हो ।
देउसीभैलोबाट सङ्कलित रु पाँच लाख ८७ हजार ९८६ कोर्ट निर्माणमा उपयोग गरिएको जिल्ला बास्केटबल सङ्घका अध्यक्ष मीनबहादुर पुनले केन्द्रविन्दुलाई जानकारी दिए । पुनका अनुसार बास्केटवल सङ्घका सबै पदाधिकारी अहिले श्रमदानमा जुटेका छन् । कोर्ट निमार्णमा अपुग रकम कुश्मा नगरपालिकाले प्रदान गर्ने नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताएका पुनले जानकारी दिए ।
उक्त कोर्टमा फाइबर बोर्ड, प्याराफिट, तारजाली लगायतका संरचना निर्माण हुने अध्यक्ष पुनले बताए । कोर्टको निर्माण सम्पन्न गर्न रु १४ लाखभन्दा माथि लाग्ने भएको र रकम अभाव भएका कारण देशविदेशमा रहेका पर्वतका बास्केटबलप्रेमीलाई सहयोग गर्न समेत पुनले आग्रह गरेका छन् ।
बास्केटवल कोर्ट निर्माणले जिल्लाको खेलकुद विकासमा नयाँ इट्टा थपिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जंगबहादुर पुन(बुद्ध) ले बताए ।





























प्रतिक्रिया