रुस

अर्जेन्टिनाका कप्तान लियोनल मेसीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियको भविष्य आउँदो विश्वकपमा टिकेको बताइएको छ । "/>

आगामी विश्वकप पछि मेसिको भविष्य कस्तो ?

आगामी विश्वकप पछि मेसिको भविष्य कस्तो ?

केन्द्रबिन्दु
0
Shares

रुस

अर्जेन्टिनाका कप्तान लियोनल मेसीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियको भविष्य आउँदो विश्वकपमा टिकेको बताइएको छ । मेसीले उनीहरू कति अगाडि जानेछन् त्यसमा निर्भर रहेको बताए । उनले भने– ‘हामीले कसरी प्रदर्शन गर्छौं र कति अगाडि जान्छौं । हामी ३ फाइनल हारिसकेका छौं जसले गर्दा हामीलाई केही मुस्किल बनाएको छ ।

ब्राजिलमा भएको विश्वकप २०१४ मा फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले हारेको थियो । यसपछि अर्जेन्टिना २०१६ कोपा अमेरिका कपमा पनि चिलीसँग फाइनलमा हारेको थियो । विश्वकपको दौरानमा मेसी ३१ वर्षको हुनेछन् । उनको टोलीले आइसल्यान्ड जस्तो नवोदित टोलीसँग शनिबार मस्कोमा प्रतिस्पर्धा गर्नेछ । समूह डीमा अर्जेन्टिनाले क्रोएसिया र नाइजेरियाको पनि सामना गर्नु पर्नेछ, जुन टोलीका लागि त्यति सहज नभएको मेसी बताउँछन् ।
एजेन्सी

Logo