काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दाेस्राे संस्करणका लागि विराटनगर किङ्सले दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विश्वभरका फ्रेन्चाइज लिगमा चर्चित ब्याट्सम्यान फाप डु प्लेसिस भित्र्याएकाे छ ।
विराटनगर किङ्सले आज प्लेसिसलाई टोलीमा भित्र्याएको पुष्टि गरेको हो ।
४१ वर्ष पुगिसक्दा पनि फाप डु प्लेसिस विश्वभरका टी २० लिगहरूमा एक प्रमुख खेलाडी र सफल कप्तानको रूपमा सक्रिय छन्, र उनको ब्याटबाट बनेका रन र कीर्तिमानहरूले क्रिकेट फ्यानहरूलाई सधैँ उत्साहित बनाइरहन्छ। योपटक टियु क्रिकेट मैदानमा उनले कस्तो चमत्कार देखाउलान् त्यो भने हेर्न बाँकी नै छ ।
आईपीएल टोली दिल्ली क्यापिटल्स, चेन्नई सुपरकिंग्स, राइजिङ पुने सुपर जायन्ट र रोयल च्यालेन्जर्स बेंगलुरु गरी चार टोलीबाट उनले १५४ वटा आईपीएल खेल खेलेका छन्। आइपिएलमा उनले ४७ सय रन बनाउँदा ३९ पटक अर्धशतक पूरा गरेका छन्। उनले चेन्नईबाट सन् २०१८ र २०२१ मा उपाधिसमेत जितेका छन्।
अस्ट्रेलिया, पाकिस्तान र वेस्ट इन्डिजको फ्रेञ्चाइज क्रिकेट लिग समेत खेलेका प्लेसिसले राष्ट्रिय टोलीबाट ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी-२० खेल खेलेका छन्।































प्रतिक्रिया