युभेन्टस र स्पोर्टिङबीच बराबरी

युभेन्टस र स्पोर्टिङबीच बराबरी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टस र पोर्चुगिज क्लब स्पोर्टिङ सीपी ले १-१ गोलको बराबरी खेलेका छन्।

युभेन्टसको घरेलु मैदान टुरिनमा भएको खेलमा दुवै टोलीले १-१ गोल गरेर अंक बाँडेका हुन्। खेलको सुरुवातमै पाहुना टोली स्पोर्टिङले गोल गर्दै युभेन्टसलाई दबाबमा ल्याएको थियो।

खेलको १२औं मिनेटमा स्पोर्टिङका लागि युवा खेलाडी म्याक्सिमिलियानो आराउजोले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफमै युभेन्टस खेलमा फर्कियो। सर्बियाई स्ट्राइकर डुसान भ्लाहोभिचले ३४औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। उनको गोल नै खेलको अन्तिम गोल हुन पुग्यो।

दोस्रो हाफमा दुवै टोलीले गोलका लागि केही महत्वपूर्ण अवसर सिर्जना गरे पनि बलले जाली चुम्न सकेन र खेल १-१ को नतिजामा टुङ्गियो।

Logo