अल-नासरकाे जितमा रोनाल्डोको नयाँ किर्तिमान

अल-नासरकाे जितमा रोनाल्डोको नयाँ किर्तिमान

केन्द्रबिन्दु
63
Shares

काठमाडाैं । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को एउटा ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्।

गएराति सम्पन्न नियाेमविरुद्धको खेलमा रोनाल्डोले एक गोल गर्दै अल-नासरका लागि आफ्नो १०० औँ गोल योगदान पूरा गरेका हुन्। साउदी प्रो लीग अन्तर्गत भएको यो रोमाञ्चक भिडन्तमा अल-नासरले नियाेमलाई ३-१ ले पराजित गरेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफमा अल-नासरका लागि आँजो गेब्रियलले ४७ औँ मिनेटमा पहिलो गोल गरेर अग्रता दिलाए। त्यसपछि ६५ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत सहजै गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए। यही गोल उनको अल-नासर क्लब करियरको १०० औँ गोल योगदान बन्यो।

नियाेमका लागि ८४ औँ मिनेटमा अहमद अब्दो जाबेरले एक गोल फर्काए पनि ८६ औँ मिनेटमा जोआओ फेलिक्सले गोल गरेर अल-नासरलाई ३-१ को स्पष्ट जित दिलाए। नियाेमका लुसियानो रोड्रिगेजले ५६ औँ मिनेटमा रातो कार्ड पाएका थिए।

४० वर्षको उमेरमा पनि रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । रोनाल्डो विश्व फुटबल इतिहासमै चार फरक क्लबका लागि १०० वा सोभन्दा बढी गोल गर्ने कीर्तिमानी खेलाडी पनि हुन् ।

Skip This
Skip This
Logo