रसिया

रुसमा आयोजना हुँदै गरेको विश्वकप फुटबल खेलाइने रंगशाला कस्तो होला भन्ने जिज्ञासा सबै फुटबलप्रेमीहरुलाई हुनु स्वभाविक नै हो । "/>

विश्वकप खेलाइने १२ वटा रंगशाला मध्ये एक कसमस एरिना रंगशाला यस्तो

विश्वकप खेलाइने १२ वटा रंगशाला मध्ये एक कसमस एरिना रंगशाला यस्तो

केन्द्रबिन्दु
0
Shares

रसिया

रुसमा आयोजना हुँदै गरेको विश्वकप फुटबल खेलाइने रंगशाला कस्तो होला भन्ने जिज्ञासा सबै फुटबलप्रेमीहरुलाई हुनु स्वभाविक नै हो ।

आगामी जुनमा रुसमा आयोजना हुदैं गरेको विश्वकप फुटबललाई ध्यानमा राखी तयार पारिएको कसमस एरिना सामरामा रहेको छ । फुटबलसँगै अन्य थुप्रै खेलका भौतिक संरचना समेत रहेको कसमस एरिनालाई सामरा एरिनाको नामले पनि चिनिन्छ। कसमस एरिनामा तयार पारिएको फुटबल रंगशाला भने करिब ४५ हजार दर्शक क्षमताको रहेको छ।

यो एरिना तयार पार्न चार वर्ष समय लागेको थियो । सन् २०१४ मा निर्माणकार्य प्रारम्भ गरिएको कसमस एरिना सन् २०१८ मा तयार भएको हो । सन् २०१८ को अप्रिल २८ तारिखमा यो रंगशाला खुला गरिएको हो। यो एरिना तयार पार्न ३२ करोड अमेरिकी डलर खर्च भएको थियो । यो रंगशालामा केही घरेलु प्रतियोगिता खेलाइए पनि हालसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता भने आयोजना गरिएको छैन ।

आगामी विश्वकपमा यो रंगशालामा ६ वटा खेल खेलाइनेछ । समूहगत चरणमा कोस्टारिका र सर्बिया (जुन १७) तथा डेनमार्क र अस्ट्रेलिया (जुन २१) बीचको खेल यो रंगशालामा खेलाइनेछ । यसैगरी समूहगत चरणमै उरुग्वे र आयोजक रुसको खेल जुन २५ मा तथा सेनेगल र कोलम्बियाको खेल जुन २८ मा यही रंगशालामा खेलाइनेछ ।

यसैगरी जुलाई २ तारिखमा अन्तिम १६ टोलीबीचको भिडन्तको एउटा खेल पनि यो रंगशालामा हुनेछ । यसका अतिरिक्त जुलाई ७ तारिखमा एउटा क्वार्टरफाइनल खेल पनि यो रंगशालामा खेलाइने कार्यक्रम छ । आगामी विश्वकप रुसका ११ सहरका १२ वटा रंगशालामा खेलाइँदैछ ।

Skip This
Logo