त्रिवि क्याम्पस, कीर्तिपुरका विद्यार्थीलाई एनपीएल टिकटमा ५० प्रतिशत छुट

त्रिवि क्याम्पस, कीर्तिपुरका विद्यार्थीलाई एनपीएल टिकटमा ५० प्रतिशत छुट

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घले नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे संस्करणका रोमाञ्चक खेलहरू हेर्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा गरेको छ ।

क्यानले त्रिवि क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूलाई एनपीएलका सबै म्याचहरूको टिकट मूल्यमा ५० प्रतिशत छुट दिने भएको हाे । विद्यार्थीहरूले टिकट काउन्टरमा आफ्नो वैध विद्यार्थी परिचयपत्र देखाएर यो विशेष छुटको लाभ लिन सक्नेछन्।

कीर्तिपुर मैदानमा एनपीएलको दोस्रो संस्करणको खेलहरू मंसिर १ गतेबाट सुरु हुँदैछन्।

Skip This
Skip This
Logo