वेस्ट इन्डिजमाथि न्युजिल्याण्डको ७ रनको रोमाञ्चक जित

वेस्ट इन्डिजमाथि न्युजिल्याण्डको ७ रनको रोमाञ्चक जित

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ। वेस्ट इन्डिज विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा न्युजिल्याण्डले ७ रनको रोमाञ्चक जित दर्ता गरेको छ। यो जितसँगै न्युजिल्याण्डले तीन खेलको एकदिवसीय शृङ्खलामा १-० को अग्रता लिएको छ।

अन्तिम ओभरसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ७ रनले पराजित गर्न सफल भएकाे हाे ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले न्युजिल्यान्डलाई निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २६९ रनमा सीमित गर्यो। न्युजिल्याण्डका लागि अलराउन्डर ड्यारेल मिचेल नायक साबित भए। उनले ११६ बलमा ११९ रनको उत्कृष्ट शतकीय पारी खेले। मिचेललाई डेभोन कन्वेले ४९ रन तथा माइकल ब्रेसवेलले ३२ बलमा ३५ रन बनाएर राम्रो साथ दिएका थिए।

बलिङतर्फ वेस्ट इन्डिजका जेडन सील्सले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा मात्र ४१ रन दिएर ३ विकेट हात पारेका थिए। म्याथ्यु फोर्डेले २ विकेट तथा रोस्टन चेजले १ विकेट लिए।


जवाफी ब्याटिङमा वेस्ट इन्डिजले जुझारु प्रदर्शन गरे पनि लक्ष्यमा पुग्न सकेन। २७० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि शेरफेन रुथरफोर्डले सर्वाधिक ६१ बलमा ५५ रन बनाए। यस्तै, जस्टिन ग्रीभ्सले २४ बलमा आक्रामक ३८ रन तथा कप्तान शाई होपले ४५ बलमा ३७ रनको योगदान दिए।

बलिङतर्फ न्युजिल्याण्डका लागि काइल जेमिसनले १० ओभरमा ५२ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए।

Logo