पहिलाे टेस्टमा भारतमाथि दक्षिण अफ्रिकाकाे जित

पहिलाे टेस्टमा भारतमाथि दक्षिण अफ्रिकाकाे जित

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । जारी पहिलो टेस्टको तेस्रो दिन नाटकीय मोड लिँदै दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ३० रनले पराजित गरेको छ।

जितका लागि मात्र १२४ रनको सामान्य लक्ष्य पछ्याएको भारतीय टिम ९३/९ को अवस्थामा खुम्चिन पुग्यो। सुभमन गिल अनुपस्थितिका कारण भारतलाई ९ विकेटमा नै अलआउट मानिएको हाे ।

दक्षिण अफ्रिकाका स्पिनरहरूले भारतीय ब्याटिङ लाइनअपलाई तहसनहस पारे।

मार्को जान्सेनले सुरुवाती झटका दिँदै यशश्वी जैसवाललाई शून्य र केएल राहुल १ रनमा आउट गरे।

पोस्ट-लन्च सेसनमा साइमन हार्मेकरले धुव्र जुरेललाई १३ रन, कप्तान ऋषव पन्त २ रन, र रविन्द्र जडेजालाई १८ रनमा आउट गरे ।

भारतीय पारीमा सबैभन्दा बढी रन बनाएका वाशिंगटन सुन्दरले ९२ बलमा ३१ रन जाेडे । तर एडेन मार्क्रमले आउट गरेपछि भारतको आशा लगभग समाप्त भयो।
केशव महाराजले अन्तिम ब्याटर अक्षर पटेललाई २६ रनमा आउट गर्दै दक्षिण अफ्रिकालाई जित दिलाएका हुन् ।

यो जितसँगै दक्षिण अफ्रिकाले दुई टेस्ट म्याचको शृङ्खलामा १-० को अग्रता लिएको छ।

Logo