काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सका कप्तान एवं तीव्र गतिका बलर सोमपाल कामीले आफ्नो टोलीलाई सानदार सुरुवात दिलाएका छन्।
कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले इनिङ्सको पहिलो बलमै महत्वपूर्ण विकेट गुमाएको हाे । कर्णालीका स्टार बलर सोमपाल कामीले रोयल्सका ओपनर जोश ब्राउनलाई इनिङ्सको पहिलो बलमै शून्य रनमा बोल्ड गर्दै पेभिलियन फर्काए। यो विकेटसँगै रोयल्समाथि दबाब सिर्जना भएको छ।
त्यसपछि आएका क्रिस लिनले पहिलो ओभरमा ५ बल सामना गरे पनि सोमपालको कसिलो बलिङका कारण कुनै रन जोड्न सकेनन्। सोमपाल कामीले एक ओभरमा १ मेडन राख्दै, शून्य रन खर्चेर १ विकेट लिएका छन्, जसले कर्णाली याक्सलाई बलियो स्थितिमा राखेको छ।





























प्रतिक्रिया