कर्णाली याक्सकाे लगातार विकेट पतन, मध्यक्रममा पवन र सोमपालको संघर्ष

कर्णाली याक्सकाे लगातार विकेट पतन, मध्यक्रममा पवन र सोमपालको संघर्ष

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताअन्तर्गत सुदूर पश्चिम रोयल्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको कर्णाली याक्स खराब सुरुवातपछि दबाबमा परेको छ।

पहिलाे १० ओभरको समाप्तिमा ५८ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको कर्णालीलाई अब जितका लागि बाँकी ६० बलमा ८० रनको आवश्यकता छ।

प्रतियोगितामा १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्सको सुरुवात निराशाजनक रह्यो। प्रारम्भिक ब्याट्सम्यानहरू प्रियन्क पाँचाल शून्य, मार्क वाट १७ रन, विलियम बोसिस्टो ९ रन, र नजिबुल्लाह जद्रान १ रनमा पेभेलियन फर्किएपछि कर्णालीको स्कोर ५.२ ओभरमा २९/४ को नाजुक अवस्थामा पुगेको थियो।

यद्यपि, मध्यक्रममा पवन सर्राफ र कप्तान सोमपाल कामीले पारीलाई सम्हालेका छन्। पवनले १८ बलमा ४ चौकासहित २४ रन बनाएर क्रिजमा डटेका छन् भने सोमपाल कामी ११ बलमा ११ रन जोड्दै पवनलाई साथ दिइरहेका छन्।

सुदूरपश्चिमका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ३ ओभरमा मात्र २१ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका छन्। स्कट कुग्गेलजिन र हेमन्त धामीले पनि एक-एक ओभर बलिङ गरिसकेका छन्।

Logo