आईपीएलमा सन्दिपले डेब्यू खेलमा नै लिए विकेट

आईपीएलमा सन्दिपले डेब्यू खेलमा नै लिए विकेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले डेब्यू खेलमा नै विकेट लिएर संसारलाई नै चकित पारिदिएका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा विकेट लिएका हुन् । उनले ओपनर ब्याट्स्मेन पार्थिव पटेललाई पेभेलियन फर्काइदिएका थिए ।

दिल्लीले संदिपलाई टिममा लिएपनि फिल्डमा पठाउन विश्वास गरेको थिएन । तर प्लेअपमा नपर्ने भएपछि मात्र उसले सन्दिपलाई खेलाएको थियो । पहिलो खेलमा नै सन्दिपले जादु देखाएपछि दिल्ली टिमले कस्तो प्रतिक्रिया जनाउने हो, हेर्न बाँकी छ ।

टस हारेको दिल्लीले सुरुमा ब्याटिङ गरेको थियो भने अहिले वलिङ गरिरहेको छ ।

Skip This
Logo