काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आज बागमती ‘डर्बी’ चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन् । जहाँ विजेताले प्लेअफको ढोका करिब–करिब खोल्नेछ । अंक बराबरी (४–४) भए पनि रनरेटमा चितवन अगाडि छ, र उनीहरूसँग शीर्ष दुईमा उक्लिने सुनौलो अवसर पनि छ । काठमाडौंले एक खेल बढी खेलेको हुँदा आजको हारले उनीहरूको यात्रा थप कठिन बन्न सक्छ ।
त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् । अब काठमाडौं ब्याटिङमा उत्रिएको छ । चितवनको टोलीमा रिजन ढकाल फर्किएका छन् । उनलाई अमरसिंह रौटेलाका स्थानमा ल्याइएको छ । अघिल्लो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको काठमान्डुको टोलीमा कुनै खेलाडी परिवर्तन गरिएको छैन ।
गत सिजन सानो रनरेटका कारण प्लेअफबाट छुटिएको काठमाडौं यसपटक पनि रनरेटकै भारी बोकेर मैदान उत्रिएको छ । चार खेलबाट दुई जित निकाल्दा पनि उनीहरूको नेट रनरेट कमजोर छ । उता, चितवनले दुई चमकदार जित निकाल्दै मात्रै नभई रनरेट पनि उचो बनाएको छ । विशेषतः विराटनगर किंग्समाथिको एकपक्षीय जितले उनीहरूको मनोबल आकाशिएको छ ।





























प्रतिक्रिया