काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भइरहेको १५औँ खेलमा चितवन राइनोजको धारिलो बलिङसामु काठमाडौं गोर्खाज दबाबमा आएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएकाे काठमाडौंले पहिलाे पावर प्लेमा तीन महत्त्वपूर्ण विकेट गुमाएकाे हाे ।
काठमाडौंले हाल ३ विकेट गुमाएर ३९ रन बनाएको छ। बेन चार्ल्सवर्थ १३ रन, आकाश त्रिपाठी ५ रन र राशिद खान ६ रनमा आउट भएका छन् । अनुभवी बलर सोहिल तन्वीरले आफ्नो २ ओभरको स्पेलमा मात्र ६ रन दिएर काठमाडौंको शीर्ष क्रमलाई धरमर पारेका छन्।































प्रतिक्रिया