लुम्बिनी लायन्सको कसिलाे बलिङसामु पोखरा एभेन्जर्स दबाबमा

लुम्बिनी लायन्सको कसिलाे बलिङसामु पोखरा एभेन्जर्स दबाबमा

केन्द्रबिन्दु
6
Shares

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल)को १७औं खेलमा लुम्बिनी लायन्सको कसिलो बलिङका कारण पोखरा एभेन्जर्सले ब्याटिङमा संघर्ष गरिरहेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको पोखराले खराब सुरुवात गरेकाे हाे । ७ ओभरको समाप्तिमा पोखरा एभेन्जर्सले ३ विकेट गुमाएर ३० रन मात्रै बनाउन सकेको छ।

पोखराका ओपनर दिनेश खरेल ७ रन बनाउँदै गर्दा तेस्रो ओभरमा कप्तान रोहित पौडेलको उत्कृष्ट क्याचमार्फत शेर मल्लको शिकार बने। त्यसको लगत्तै, अर्का ओपनर एवं कप्तान कुशल भुर्तेल शून्य रनमै मल्लकै बलमा एलबीडब्ल्यू आउट भए। मध्यक्रममा आएका सुमीत वर्मा पनि शून्यमै गुलाबदिन नायबले एलबीडब्ल्यूको धरापमा पारेपछि पोखराको स्कोर ३ विकेटमा ३० रन पुगेको हाे ।

पोखराका लागि हाल क्रिजमा रहेका विदेशी खेलाडी एडम रोसिङ्टनले एक छेउबाट क्रिज सम्हालिरहेका छन्। उनले २२ बलको सामना गर्दै १ छक्का र ३ चौकाको मद्दतमा २३ रन बनाएका छन्।

प्लेअफको दौडमा फर्कनका लागि दुवै टोलीका लागि यो जित आवश्यक छ।

Logo