काठमाडौं । एडम रोसिङ्ट र जिमी निशमको अर्धशतकमा पोखरा एभेन्जर्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन जोडेको हो ।
पोखरा एभेन्जर्सको इनिङ्समा विदेशी खेलाडी एडम रोसिङ्टन र जिमी नीशमले शानदार अर्धशतकीय पारी खेले। एडम रोसिङटनले टोलीका लागि सर्वाधिक ८१ रन बनाए। उनले ६३ बलको सामना गर्दै ७ चौका र ५ छक्का प्रहार गरे।
अन्तिमतिर तीव्र गतिमा रन जोडेका नीशम ५१ रनमा अविजित रहे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। पोखराले आफ्नो इनिङ्सको सुरुवातमा लगातार विकेट गुमाए पनि रोसिङटन र नीशमले पारी सम्हाल्दै टोलीलाई चुनौतीपूर्ण योगफलसम्म पुर्याएका हुन् ।
ओपनर दिनेश खरेल ७ रन बनाएर आउट भए भने कप्तान कुशल भुर्तेलले खाता खोल्न सकेनन्।
लुम्बिनी लायन्सका बलरहरूले कसिलो प्रदर्शन गरे तापनि अन्तिम ओभरहरूमा रोसिङटन र नीशमले आक्रामक ब्याटिङ गरेपछि रनको गति बढेको थियो। लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले उत्कृष्ट बलिङ गर्दै २/२ विकेट लिए। गुल्बादिन नायबले ४ ओभरमा २० रन दिएर १ विकेट लिए।





























प्रतिक्रिया