मलेसियालाई ९ विकेटले हराउँदै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अजमान मैदानमा आज भएको सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको सानदार जित दर्ता गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

यो जितसँगै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ ।

मलेसियाले दिएको ५२ रनको सामान्य लक्ष्य नेपालले ७.५ ओभरमा १ विकेट गुमाएर सहजै पछ्यायाे । नेपालका लागि वंश क्षेत्रीले २७ बलमा २३ रन र निश्चल क्षेत्रीले १८ बलमा १५ रन बनाएर नेपाललाई जिततर्फ डोर्याएका हुन्। यसअघि, ओपनिङमा आएका निरज कुमार यादव ४ रनमा आउट भएका थिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भएको थियो । मलेसियाका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका नितिसकुमार पटेलले चार विकृट लिँदा चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले १/१ विकेट लिए ।

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डि’का विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो । चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ ।

Skip This
Skip This
Logo