जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सले उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरका नयाँ कप्तान वायन पार्नेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । अब सुदूरपश्चिम बलिङमा उत्रनेछ ।

तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ ।

यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ । यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

Logo