आशिफ शेख सुदूरपश्चिमविरुद्ध गोल्डेन डकआउट

आशिफ शेख सुदूरपश्चिमविरुद्ध गोल्डेन डकआउट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सका ओपनर आशिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध शून्य रनमै आउट भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरका नयाँ कप्तान वायन पार्नेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि मैदानमा उत्रिएको टोलीमा आशिफ पहिलो ओभरको चौथो बलमै आउट भएका हुन् । स्कट कुगेलेइनले उनलाई बोल्ट आउट गरेका थिए ।

खराब प्रदर्शनका कारण नियमित कप्तान अनिल शाह आज बेञ्जमा छन् ।

तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ ।

यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ ।

Skip This
Skip This
Logo